Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
Gaun Khane Katha icon

Gaun Khane Katha


Milan Shrestha
1.2
  • COMING SOON
    Update date
  • Everyone
  • 5.0 and up
    Android OS

About Gaun Khane Katha

Nepali Gaun Khane Katha is the Question and answer Collection from Nepal.

Gau khane katha is the collection of question along with answers from the Nepali Language. These gaun khane katha is collected from native spoken language in Nepal. These Gau khane kathas are asked and answered in commonly spoken language.

1. टाउकोमा फूल फुल्छ काखीमा चाहिँ जुँगा, एउटै खुट्टामा उभिएर जीवन लाग्छ टुङ्गा के हो? - मकैको बोट

2. एउटा सानो हत्केलामा अठार बीस औंला, त्यही औंला पाकेपछि मजासित खाउँला, के हो ? - केराको काइँयो

3. भुँडीभित्र हावा हुँदा उफ्रीउफ्री हिँड्छ, केही गरी हावा निस्के कच्याक कुचुक हुन्छ, के हो ? - भकुण्डो

4. नदीनाला पर्वत अनि सिंगो, पृथ्वीलाई बोकी हिँड्छ हल्कासित साना मान्छे आई के हो? - ग्लोव (विश्वको मानचित्र)

5. घामपानी मिलेपछि जीवनचक्र चल्छ, सिर्जनाले धर्ती नै हराभरा पार्छ, के हो ? - माटो

6. सानो–सानो घरभित्र केटाकेटी बस्छन्, टाउकोमा सबैले कालो फेटा कस्छन् के हो ? - सलाईको काँटी

7. खानाको थुप्रो, मुख छैन बुच्चो, वरिपरि फराकिलो माझमा छ चुच्चो, के हो? - मन्दिर

8. वरिपरि बसेर आँखा जुधाउने १२ जना मिलेर ३ भाइ कुदाउने, के हो ? - घडी

9. उपयोगी साह्रै राम्रो गुण धेरै जाती, दिनभरि हराउँछ देखापर्छ राती, के हो ? - टुकी (बत्ती)

10. चारजनाको घर हो यो पौष्टिकतत्वको खानी, दश भाइ मिली खोस्छन् तानी–तानी के हो ? - दूध दुहेको

11. पहिरन नमिलेको लामो–लामो धोती, त्यो धोतीलाई चिन्न सके फल्छ हिरामोती, के हो ? - नदी,खोला

12. उडी–उडी हिँड्नेलाई सकिदैन देख्न, समाउन छुन अनि सकिन्न है छेक्न, के हो ? - हावा

13. आकाशमा जन्मी धरतीमा आई यताउति डुलेर मायाप्रीतिलाई के हो ? - पानी परेको

14. १०,१२ भाइ जोडिएर जमीनमुनी िबस्छन्, यिनलाई झिकी प्रयोग गरे मीठो स्वाद दिन्छन् के हो ? - लसुन

15. दाँत मेरो अनगिन्ती कपालको साक्षी, कपालमै डुल्ने गर्छु, गर्दै तलमाथि, के हो ? - काइँयो

16. काँडाजस्तो शरीर मेरो भित्रचाहिँ बोसो, बोसोभित्र हुन्छ एउटा कालो रङ्गको कोसो, के हो ? - लिच्ची

17. जीवनको भर हो यो, ठूलो काम दिन्छ, जथाभावी ग¥यो भने ज्यानसम्म लिन्छ, के हो ? - आगो

18. सुनको घरभित्र गोरी सानी नानी, खान दिई मानिसलाई सहयोग गर्ने बानी, के हो ? - धान,केराको कोसो

19. जाडोमा प्यारो गर्मीमा घाँडो, निक्कै टाढा बस्नेको नाउँ भन्देऊ चाँडो के हो ? - सूर्य

20. भित्ता भित्ता हिँड्ने गर्छ कीरो खाने जत, खासगरी आउने गर्छ जब पर्छ रात, के हो ? - माउसुली

21. पखेटा नै छैन मेरो उड्ने गर्छु माथि, रंगीविरंगी रुप छ रुखको प्यारो साथी के हो ? - चङ्गा

22. तिमीले जति पिटे पनि मिठो बोली बोल्छु, राम्रो धुन दिएर मनको भाका खोल्छु के हो ? - मादल

23. लेकबाट झरेको पाँच हाते धोती, आउन जान वाधा गर्छ मानिसलाई रोकी, के हो ? - नदी

24. पुडके बाहुनको सुड्के चन्दन, के हो ? - मास

25. नौ तल्ले घरको झ्याल न ढोका, के हो ? - बाँस

.

.

.

.

926. हेर्दा पानीजस्तो रङ सेतो हुन्छ, स्वास्थ्य राख्न मद्दत गर्छ पोषिलो यो हुन्छ, के हो ? - दूध

927. रङ्गीविरङ्गी झोल छ कलमको साथी, उपयोगी गरी पढेलेखे पुगिन्छ के है माथि, के हो ? - मसी

928. चार अक्षरी नाम यसको खोल ओढ हिँड्छ, धेरै खाए दाँत बिगारी सबलाई दुःख दिन्छ, के हो? - चक्लेट

929. सुन्तली नानीको हरियो केश, ग्रिनलाई खाए हुन्छ आँखालाइक्षर्् बेस, के हो ? - गाँजर

930. सुतेपछि आउने रे यो अचम्मको कुरा, आँखा खोले हराउने नभइकन पूरा, के हो ? - सपना

931. माथि उड्न सक्छु म त, बग्न पनि सक्छु, बग्दाबग्दै टक्क अडी जम्न पनि सक्छु के हो? - पानी

932. कुप्री बूढी पेटभरि दाँत देखाई हिँड्छे, घाँस–पात त्यही दाँतले चट्ट काटी खान्छे, के हो ? - हसियाँ

933. पानी, जमीन दुवै ठाउँमा यो बस्न सक्छ, कतै जानु प¥यो भने उफ्री उफ्री हिँड्छ, के हो ? - भ्यागुता

934. फुलेको पेट पेटभित्र दाना, जमीनमुनि बसे पनि मीठो हुन्छ खाना, के हो ? - बदाम

935. नाकमा बुलाकी पेटा धार, ठूलो गुन लाउँछ गर्दा काटमार, के हो ? - चुलेसी

936. वारि भ¥याङ पारि भ¥याङ बीचका सबै लुते करङ् हामी सबै पारी तरौं, के हो ? - झोलुङ्गे पुल

937. तीन प्राणीका दश खुट्टा, काम एउटै भूईं फुट्टा के हो ? - गोरु जोतेको

Show More

Additional APP Information

Latest Version

1.2

Requires Android

5.0 and up

Content Rating

Everyone

What's New in the Latest Version 1.2

Last updated on May 26, 2020

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Show More

Gaun Khane Katha Screenshots

Gaun Khane Katha posterGaun Khane Katha screenshot 1Gaun Khane Katha screenshot 2Gaun Khane Katha screenshot 3Gaun Khane Katha screenshot 4

Related Tags

Popular Articles In Last 24 Hours

Subscribe to APKPure
Be the first to get access to the early release, news, and guides of the best Android games and apps.
No thanks
Sign Up
Subscribed Successfully!
You're now subscribed to APKPure.