सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित चौकुने गाउँपालिका साविकका लगाम, बेतान¸ विजौरा¸गुटुर घाटगाउँ गा वि स हरु मिलेर बनेको हो । चौकुने गाउँपालिकाको अक्षांश २८० ४४’ २५’’ उत्तर देखि २८० ५८’ ४१’’ उत्तर सम्म र देशान्तर८०० ५८’ ५७’’ पूर्व देखि ८१० २१’ १५’’ पूर्व सम्म फैलिएको छ । यस गाउँपालिकाको २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या २५ हजार २ सय ४० जना रहेकोमा १२ हजार २ सय १४ जना पुरुष र १३ हजार २६ जना महिला रहेका छन् । यसको क्षेत्रफल करिब ३८१.०३ वर्ग कि मि रहेको छ । सुर्खेत जिल्ला भएर बग्ने भेरी नदी र कर्णाली नदीले लगाम जस्तो गरी यस गाउँपालिकालाई बेरेर बगेका छन् । यस क्षेत्रमा पर्यटन, कृषि, पशुपालन,र्याफटिङ्ग व्यवसायको उच्च सम्भावना रहेको छ । यस गाउँपालिकामा जातिय रुपमा मिश्रित बसोबास रहेको छ । बिशेषगरी ब्राह्मण, क्षेत्री, मगर, दलित, राजीहरुको बसोबास रहेको छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा चोइटिलो फुस्रो माटो भएको र अधिकांश जमिन भिरालो र कृषि कार्यको लागि अनुपयुक्त भएको हँुदा यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिमा भन्दा ज्यालादारीमा काम गर्नका लागि भारत तर्फ जानेगरेको देखिन्छ । साविकको गुटुगा.वि.स. वडा नं ६ मा रहेको चौकुने पहाडको बिचमा चारकुना मिलेर बनेको क्षेत्रको पहिचानबाट यस गाउँपालिकाको नाम चौकुने नामाकरण भएको हो । हाल उक्त क्षेत्र चौकुने सिमेन्ट उद्योगको नामले समेत प्रसिद्ध रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको गुटुगाविस वडा नं. ६ मा रहेको छ ।
चौकुने गाउँपालिका लगाम, बेतान, बिजौरा, गुटुर घाटगाउँ गरी पाँचवटा साबिककागाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो । । चौकुने गाउँपालिकालाई दशवटा वडामा बिभाजन गरिएकोछ । पुरानो लगाम गाउँ विकास समितिका वडा नं ३,४,५र ६ लाई चौकुने गाउँपालिकाको वडा नं १ र वडा नं १,२,७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं २ कायम गरिएकोछ । बेतान गाउँ विकास समितिका १ देखि ९ वटा वडाहरुलाई चौकुने गाउँपालिकाको वडा नं ३ र बिजौरा गाउँ विकास समितिका वडा नं १,२,७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ४ र वडा नं ३,४,५र ६ लाई चौकुने गाउँपालिकाको वडा नं ५ कायम गरिएकोछ । त्यसैगरी गुटुगाउँ विकास समितिका वडा नं १,२,३,४ लाई चौकुने गाउँपालिकाको वडा नं ६ र वडा न ५,६,७ लाई चौकुने गाउँपालिकाको वडा नं ७ र वडा न ८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ८ कायम गरिएकोछ । घाटगाउँगाउँ विकास समितिका वडा नं ५, ७, ८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ९ र वडा नं १,२,३,४,६ लाई चौकुने गाउँपालिकाको वडा नं १० कायम गरिएकोछ ।
Latest Version
1Uploaded by
Angelo Musone
Requires Android
Android 4.1+
Category
Free Social AppContent Rating
Everyone
Report
Flag as inappropriateLast updated on Apr 29, 2019
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!