हाम्रो बारेमा
'बैदेशिक रोजगार' एपलाई बैदेशिक रोजगारीमा जान चाहने तथा बैदेशिक रोजगारीमा रहनुभएका लाखौ नेपालीहरु, म्यानपावर व्यवसायी तथा बैदेशिक रोजगारको क्षेत्रमा चासो राख्नेहरु सबैको लागि अत्यावाश्यक एप बनाउने हाम्रो प्रयास हो । यो एप साझा सबाल मिडिया प्रा.लि. काठमाडौँले तयार पारेको हो, जुन sajhajobs.com सँग जोडिएको छ । यस एप निर्माण गर्नुको मुख्य उध्यस्यनै बैदेशिक
रोजगारीमा थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हो ।
यस एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापन सहजै छान्न, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गरि बैदेशिक रोजगारीमा जान निकै सहयोगी हुने हाम्रो अपेक्षा छ । यसमा बैदेशिक रोजगारीको लागि आफुलाई मन परेको डिमाण्ड हेरेर आफुलाई चित्त बुझ्ने डिमाण्डमा सिधा म्यानपावरलाई Apply गर्न सक्ने सुबिधा पनि छ । त्यस्तै यो एपमा सजिलै आफ्नो दक्षता अनुसारको रोजगारी खोजेर त्यस रोजगारीको लागि सिधा सम्बन्धित म्यानपावरमा फोन गरेर पनि बुझ्न सकिन्छ । त्यस्तै देशगत रुपमा आफुलाई मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको डिमाण्डहरु, तलब, पद तथा कम्पनी अनुसार डिमाण्डहरु सजिलै छानेर हेर्न सकिन्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारी, टिप्स, रोजगारी बारे ब्लगहरु पनि पढ्न पाइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकले तय गरेको विनिमय दर, सुनचांदीको भाउ बारे पनि दैनिक जानकारी पाउन सकिन्छ ।
यस एपले लाखौँ सोझा/सिधा युवाहरुलाई सूचनामा पहुँच पुर्याउने लक्ष्य लिएको हुँदा यसको माध्यमबाट बैदेशिक रोजगारीको नाममा भए-नभएका लोभ तथा आशा देखाई विदेश पठाउदै आएका एजेन्टहरु समेत निरुत्साहित हुनेमा हामी आशावादी छौं । यस कामलाई प्रभावकारी गराउन हामीले 'बैदेशिक रोजगार' नामक फेसबुक पेजबाट २ लाख भन्दा बढी समर्थक मार्फत एकैचोटी सूचनाहरु प्रवाह पनि गर्दै आएका छौं । हामीले सबै सूचना सहि नहुन सक्ने ठानेर गलत सूचना दिएर सिधा/सोझा जनता झुक्याउने म्यानपावरहरुबारे पनि भण्डाफोर गर्दै आएका छौं भने गलत नियतले म्यानपावर संचालन गर्नेहरु तथा बैदेशिक रोजगारीको नाममा ठगि गर्ने एजेन्टहरुबारे पनि समाचारहरु लेख्दै आएका छौं ।
हामीले यस एपमा सकेसम्म सत्य, तथ्य र विश्वसनीय जानकारीहरु राख्ने प्रयास गरेका छौं र निरन्तर यसमा ध्यान दिनेमा प्रतिबद्ध पनि छौं । यस एपमा बैदेशिक रोजगारीको बिज्ञापन मात्र नभई बैदेशिक रोजगारीका लागि म्यानपावरहरुले सार्वजनिक गरेको डिमाण्ड सत्य हो कि हैन ? श्रमस्वीकृति भएको छ कि छैन, भिषा आएको छ कि छैन भन्नेसम्मको कुराहरु संसारको जुनसुकै कुनामा बसेर पनि सहजै हेर्न सकिने हुँदा यस एप बैदेशिक रोजगारीको लागि निकै उपयोगी राहेको हाम्रो दावी छ । केहि फिचरहरु बिकासकै चरणमा रहेकाले छिट्टै थप धेरै कुराहरु आउनेछन् । यस एपमा बैदेशिक रोजगारीमा गएकाहरुलाई अफ्ट्यारोमा पर्दा सम्पर्क गर्ने निकायको बारे जानकारी र सम्बन्धित देशको दुतावासबारे पनि जानकारीहरु दिईएको छ । बैदेशिक रोजगार विधामा दैनिक समाचारहरु, सूचनाहरु पनि यस एपमा पाउन सकिन्छ ।
अत: यस एपमा तपाइँको सुझाव र सल्लाह बमोजिम थप महत्वपूर्ण सुबिधाहरु पनि प्रदान गर्न हामी प्रतिबद्ध छौं, यस एपमा दिईएको सूचना तथा जानकारीहरु गलत भएमा वा यसबारे केहि टिप्पणीहरु भएमा हामीलाई sajhajobs@gmail.com मा इमेल गर्न वा सिधा 01-4412988 मा सम्पर्क गर्न सक्नुहुनेछ । वा facebook मा topdemand खोजि 'बैदेशिक रोजगार' नामक पेजमा गई संदेश छाड्न सक्नुहुनेछ ।
Latest Version
1.1.5Uploaded by
Nabilla Amalia
Requires Android
Android 4.1+
Category
Free News & Magazines AppContent Rating
Everyone
Report
Flag as inappropriateLast updated on Jan 9, 2019
Added Quiz, Leader boards, and minor bug fix